सुन आज १६ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

238 पटक पढिएको

३ जेष्ठ २०८१, बिहीबार १२:०४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ । आज हालसम्मकै उच्च मूल्यमा छापावाल सुन कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।

बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको छ ।