सगरमाथा र ल्होत्से हिमालमा भेटियो दुईवटा मानव अस्थिपञ्जर

108 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ वटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट १ वटा गरी जम्मा २  वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ ।

नेपाली सेनाले हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको जनाएको छ ।

त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० के.जी. फोहोर सङ्कलन गरी त्यसमध्ये २५० के.जी. कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ ।