कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

73 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यसूची तय गर्दै महासंघले हिजो आइतबारको तुलनामा मूल्य ३ सय रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ । हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो ।