सिरोहिया पक्राउबारे बोलेर आलोचित बनेका मह जोडिले मागे माफि (भिडियोसहित)

185 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे बोलेर आलोचित बनेका वरिष्ठ हास्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन्।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय’ शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गरेका हुन्।

‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ। त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो। हामी पनि के बोल्ने भनेर अकमकियौँ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको श्रेष्ठको भनाई छ।

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंश आचार्यले अनुरोध गरेका छन्।