सैनिक मञ्च टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरि गणतन्त्र दिवस मनाइयो

101 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । आज गणतन्त्र दिवस मनाइएको छ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

२०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको छ । २०६२÷०६३ को आन्दोलनपछि निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरको हो । त्यस यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण तथा दुई पटक संघीय र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।