आगामी आर्थिक वर्षको बजेट आज आउँदै

94 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन्।

दुवै सदनको बैठकमा अर्थमन्त्री पुनले आर्थिक वर्षको राजस्व र व्ययक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले बजेट ल्याउन लागेको हो।

स्रोत अभावका बाबजुद सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाउँदै २५ प्रतिशतले राजस्व वृद्धि लक्ष्य राखेर १९ खर्बको बजेट ल्याउने सरकारको तयारी छ।