कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई काठमाडौं ल्याइँदै

321 पटक पढिएको

१५ जेष्ठ २०८१, मंगलवार १५:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउन लागिएको छ ।

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई आज ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको हो । उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो।

कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलका अनुसार सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको हो । प्रहरीले सिरोहियालाई गत मंगलबार नियन्त्रणमा लिएर जनकपुर लगेको थियो।