पुराना मौलिक खेल डण्डीबियो, बाघचाल र घोडचढीलाई सरकारले प्रवर्द्धन गर्ने

160 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं – नेपालका पुराना मौलिक खेल डण्डीबियो, बाघचाल र घोडचढीलाई सरकारले प्रवर्द्धन गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

आगामी वर्ष डण्डीबियो, बाघचाल र घोडचढीका प्रतियोगिताहरू आयोजना गरेर यी खेललाई प्रवर्द्धन गर्ने उनले बताए । उनले राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गरिने घोषणा गरेका छन् ।