जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड बजेट

341 पटक पढिएको

१५ जेष्ठ २०८१, मंगलवार १६:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिंचाई सेवा विस्तार गर्ने सरकारको घोषणा गरेको छ ।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री पुनले जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताउनुभयो ।