आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

361 पटक पढिएको

१५ जेष्ठ २०८१, मंगलवार १७:११ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१‍।३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको बताए।

यो चालु आवको तुलनामा ६।२ प्रतिशतले धेरै हो। यो संशोधित बजेटभन्दा २१।५६ प्रतिशत धेरै हो। यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।