एमाले चितवनको अध्यक्षमा कमलराज पाठक

79 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ। ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष निर्वाचित हुनभएको हो ।

आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन चुनिनुभयो ।

अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्चलगायतबाट गरी ७३२ र मनोनित २९ गरी जम्मा ७६१ प्रतिनिधि सहभागी थिए।