सुर्खेत जिप दुर्घटना: चार जनाको मृत्यु, सबैको शनाखत

70 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाकै पहिचान खुलेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटनामा परेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन् ।

मृत्यु हुनेमा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो ।