परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल

140 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त हुनुभएको छ ।
नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त हुनुभएको हो ।  अर्याल यस अघि  कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख हुनुहुन्थ्यो ।
बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि अर्याल सदस्य सचिव हुनुभएको हो ।
यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकूल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताउनुभएको छ ।