शेयर बजार आज दोहोरो अंकले घट्यो

78 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ ।

बजेट घोषणासंगै घट्न थालेको बजार आज पनि १९ अंक बढीले घटेर बन्द भएको छ ।

बजार परिसूचक १९ दशमलव ८९ अंक घटेपछि नेप्से २०६९ को विन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।

बिहीबार ३११ वटा कम्पनीको ९८ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये तीन वटा मात्रै उपसमूह बढेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव २३ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूह शून्य दशमलव ४९ र वित्त उपसमूह शून्य दशमलव १५ प्रतिशतले बढेका छन् ।