बिहीबार धादिङको दक्षिणी क्षेत्रमा अत्याधिक बर्षा र हावाहुरी १ घन्टा  मै ३१.८ मिलिमिटर वर्षाको रेकर्ड

331 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,जेठ १८ । धादिङको राजमार्ग क्षेत्रमा बिहिबार अत्याधिक वर्षा भएको छ । जहाँ एक  घन्टामै ३१.८ मिलिमिटर वर्षाको रेकर्ड भएको बरिष्ठ मौसम तथा जलवायु  बिज्ञ डा.धरमराज उप्रेतीले जानकारी दिनु भयो । डा. उप्रेतीका अनुसार स्वचालित वर्षा मापन केन्द्र (अप्रशोधित तथ्यांक) मा  जेठ १७ गते बिहीवार साँझ धादिङको दक्षिणी क्षेत्रमा ६.३० वजे ३१.८ मिलिमिटर वर्षा भएको रेकर्ड भएको हो ।

जिल्लाको राजमार्ग क्षेत्रमा बिहीबार साँझ ६.३० बजेको समयमा ३१.८ मिलिमिटर वर्षा रेकर्ड भएको देखिन्छ । लामो समय सम्म बर्षा नभएको क्षेत्रमा अचानक खण्डित वर्षा भएको डा. उप्रेतीले वताउनु भयो ।

सोही क्रममा धादिङमा पछिल्लो  १ घन्टा  मै ३१.८ मिमि वर्षा रेकर्ड भएको थियो भने चितवन आसपास  वर्षा भएको थियो  ।  बिहीवार कोशी  प्रदेश को चुरे फेदी हुँदै गण्डकी  प्रदेश सम्म धेरै  ठाउँमा वर्षा, हावाहुरी चलेको  डा. उप्रेतीले जानकारी दिनु भयो ।

डा.उप्रेतीका अनुसार ‘एक मिनेटमा एक मिमि पानी परेमा त्यस्लाई ठूलो वर्षा भन्ने गरिन्छ । जेठ १७ गते साँझ पख काठमाडौं लगायत  बागमती प्रदेशका धेरै  ठाउँमा हावाहुरी र पानी आएको थियो ।

हावाहुरीले नुवाकोट बाट जहरे सव स्टेशन आउने ३३ केभि लाईनमा समस्या देखिएर बिद्युत सेवा रोकिन पुगेको थियो । गजुरी गाउँपालिकाको धारापानीमा रहेको ११ केभिकोे मेन लाइन रहेको पोल भाँचिएको थियो । गल्छीको डल्टार खन्टार र गल्छी बजार खानेपानी को ट्रान्सर्फमर मा लगेको ११ भि लाइन मा रुख भाँचिएर ट्रान्सर्फमर टावर सेट बाङ्गिएर मेन लाइन तार पोल बाट भुईमा झरेको थियो ।  बिहीवार साँझ देखि राती अवेर सम्म जिल्लाभर बिद्युत्त सेवा समेत अबरुद्ध हुन पुगेको थियो ।

विहीबारको हावाहुरी र अत्याधिक बर्षाले लामो समय देखिको गर्मिलाई राहत दिएपनि खेतमा लगाईएको मकै,तरकारी वालीका साथै फलफूललाई ठूलो क्षती पु¥याएको किसानहरुले वताएका छन् । जिल्लाको धुनिबेसी,थांक्रे, गल्छी, गजुरी,वेनिघाटरोराङ, सिद्धलेक र नीलकण्ठ नगरपालिका लगायत जिल्लाको मध्य र दक्षिण क्षेत्रको धेरैजसो भूभागमा हावाहुरीको असर परेको छ ।हावाहुरीले घर गोठका छाना उडाउनुका साथै रुख ढल्ने, हाँगा भाँचिने समेत भएको छ ।