दाङमा दुर्घटनामा परी दुईजनाको मृत्यु

55 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दाङको बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी नजिकै रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै दुर्घटनामा अटो चालक दाङको शान्तिनगर गाउँपालिका–७ खैरेनीका रुद्रबहादुर थापा घाइते हुनुभएको छ । उहाँको नेपालगञ्जमा उपचार भइरहेको छ ।