ललितपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा दुईको मृत्यु

60 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर एक् आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शुक्रबार राति १२:३० बजे ललितपुरको महालक्ष्मी नगरपालिका( ४, टेम्पो पार्कमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठोकिएका हुन्।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको उनले बताए।

उनका अनुसार गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा आज ९शनिबार० बिहान २स्३० बजे तथा लकेशको बीएन्डबी अस्पतालमा बिहान ६स्२५ बजे मृत्यु भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।