मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु
261 पटक पढिएको
काठमाडौं । मुगुमा यस वर्ष यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको ज्यान गएको छ । उनीहरुको लेक लागेर ज्यान गएको हो ।
हिजो छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
एक जनाको केही दिन अघि ज्यान गएको थियो । यस्तै एक जना सिकिस्त बिरामी परेका छन् । मुगुमा गएको वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर ज्यान गएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गएको वैशाख २५ गते प्रवेश खुला गरेको हो ।







