सुनसरीबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद

86 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ ।

 सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा लुकाएर राखेको उक्त रकम बरामद गरेको हो ।

बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

रकमसँगै कार र कार चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धानको कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।