नेप्से परिसूचक आज १३.५१ अंकले बढेर बन्द

90 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

चार अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार, मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.१३ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ ।