ट्राफिक कारवाहीमा परेकालाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्नुस्: रामहरी खतिवडा

69 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारवाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गर्नुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताउनुभएको हो ।

सांसद खतिवडाले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताउनुभयो । उहाँले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गर्नुभयो ।