सर्वोच्चले भन्यो, गृहमन्त्री लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्नु

100 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपाल बताउनुभयो ।