नेकपा एमाले गल्छीको अध्यक्षमा राजकुमार रिमाल निर्वाचित

112 पटक पढिएको

सम्पादक: Dhading News

गल्छी ( धादिङ) । नेकपा एमाले गल्छी गाउँपालिका कमिटिको अध्यक्षमा राजकुमार रिमाल निर्वाचित हुनु भएको छ । जेठ २० गते आईतबार सम्पन्न पार्टीको दोश्रो गाउँपालिका अधिवेशनबाट रिमाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि रिमाल संगै अर्जुनलाल श्रेष्ठ र रमेश नेपाल (अच्युत)ले प्रतिष्पर्धा गरेकोमा रिमाल १ सय ६४ मत ल्याएर मत पाएर विजयी हुनु भएको हो । अध्यक्ष पदमा अर्जुनलालले २९ र अच्युतले २० मत पाउनु भएको थियो । निर्वाचनमा कुल मतदाता २ सय ३९ जना रहेकोमा २ सय ९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसै गरी अधिवेशनले कमिटीको उपाध्यक्षमा अखिल खतिवडा (रामशरण), सचिवमा बिनेश तामाङ, उपसचिवमा राम बहादुर वि.क(कालिकोटे) र बिन्दा थापालाई निर्वाचित गरेको छ । अखिल) ले १ सय ५ मत ल्याएर निर्वाचित हुनुभयाे भने प्रतिस्पर्धि कल्याण आचार्यले ६० मत र स्वस्ती श्रेष्ठले २६ मत प्राप्त गर्नुभयाे ।
सचिवमा विनेश तामाङले १ सय ६४ मत ल्याएर निर्वाचित हुनुभयाे । प्रतिस्पर्धि मिनबहादुर भण्डारीले २५ मत ल्याउनुभयाे ।

उपसचिवमा रामबहादुर विकले १ सय १० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी प्रेमप्रसाद अधिकारीले ८१ मत प्राप्त गर्नुभयाे ।
उपसचिवमा महिलातर्फ बिन्दा थापा सर्वसम्मत निर्वाचित हुनुभएकाे छ।

अधिबेशनको बैशाख १९ गते नेकपा एमालेका केन्द्रिय सचिव बिष्णु रिमालले उद्घाटन गर्नुभएको थियो ।