प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

82 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्नुभएको हो ।

त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभएको छ।

बैठकमा अहिले आर्थिक वर्ष २०८१÷८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।