राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

187 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा शोक प्रस्तावको कार्यसूची समेत रहेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।