शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउनुपर्ने कृष्णप्रसाद सिटौलाको भनाइ

120 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउनुपर्ने बताउनुभयो । आज मंगलवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउनुपर्ने बताउनुभयो ।

उहाँले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकले अझै पनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिन ढिलो गर्न नहुने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्ताराष्ट्रिय विवादको घेराबाट मुक्त हुन नसक्ने बताउनुभयो ।

यस्तै, उहाँले यो विषय टुंग्याउन नसकेमा दलहरूबीचको विश्वास संकटग्रस्त बन्दै जाने बताउनुभयो। उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरु पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो ।