प्रचण्ड मोदीको शपथ समारोहमा भाग लिन दिल्ली जाने

94 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको हो ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को समर्थनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सि आइतवार तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड पर्सि आइतवार दिल्ली गएर सोमवार फर्किने गरी भ्रमणको तयारी भइरहेको छ । शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ ।