मधेसका मुख्यमन्त्रीले लिए शपथ

56 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शपथ लिएका छन्। आज शुक्रबार संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ खुवाएकी हुन्।

साथै, । १४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको प्रदेशसभा सांसद शारदा थापाले नेपालखबरलाई जानकारी दिइन्।

जसमा ११ मन्त्री र ३ राज्यमन्त्री रहेका छन्। मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि अन्य मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

शारदा शिक्षा राज्यमन्त्री नियुक्त भएकी छिन्। ६ दलका ५५ सांसदको समर्थनमा सिंह आजै मुख्यमन्त्री नियुक्त भएका हुन्।