राष्ट्रसङघीय समिति सिडमा बन्दना राणा फेरि निर्वाचित

88 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङघीय समिति (सिड) मा पुनः निर्वाचित हुनुभएको छ ।

उहाँ दोस्रो कार्यकालका लागि सिडमा निर्वाचित हुनुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।

राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गर्नुभएको छ । महिलाविरुद्ध हुने सबैखाले हिंसा उन्मूलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूले यसअघि पनि राणालाई कमिटीको प्रतिनिधिमा चुनेका थिए । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली सदस्य हुनुहुन्छ ।