एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

95 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित हुनुभएको छ। पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत निर्वाचनमा मैनाली दोस्रो कार्यकालका निर्वाचित हुनुभएको हो ।

५९२ मतमध्ये उनले ३४५ मत प्राप्त गर्नुभयो । उहाँका प्त्यासी बुद्धिबहादुर प्रधानले २३७ र माधवप्रसाद तिवारीले १० ल्याउनुभयो । प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रूपा सापकोटा निर्वाचित भएका छन्।

बुधबार शुरु भएको आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ उम्मेदवार विजयी भएका छन्। यसमध्ये २८ जना सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनमा कुल ६१७ प्रतिनिधि सहभागी थिए।