बजेट कार्यान्वयनको सम्बन्धमा सरकारसँग कुरा गरिरहेको छु: ओली

81 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले पूँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अध्यक्ष ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताउनुभयो । उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराउनुभयो ।

अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनुभयो ।