त्रिशूली नदीमा मृत भेटिए युनिक, रिदमको खोजी कार्य जारी

356 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २८ जेठ । धादिङको घाटबेसी बजार अहिले  शोकमा डुबेको छ । गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीका युनिक सुवेदी आईतबार दिउँसो त्रिशूली नदीमा डुवेर मृत भईसकेको अबस्थामा भेटिएपछि घर परिवार, आफन्त, छर छिमेकी र बिद्यालय परिवार समेत शोकमा परेका हुन ।

महाकाली माध्यमिक विद्यालय सिद्धलेक–७ पिपलटारको कक्षा ९ का प्रथम छात्र १४ बर्षका युनिक सुवेदी जेठ २६ गते शनिवार दिउँसो २ वजे देखि घर परिवार, साथीभाईको सम्पर्कमा नआएपछि उनको खोजी कार्य तिव्र पारिएको थियो । सुवेदी संगै उनका साथी रिदम रोइला पनि सम्पर्क विहिन हुन पुगेका थिए । खोजी गर्दे जाँदा आईतबार दिउँसो सुवेदी नदीमा डुवेर मृत अवस्थामा भेटिएपनि रोइला अझै भेटिएका छैनन् ।

शनिवार बिद्यालय विदाको दिन पारेर सुवेदी र रोइला कसैलाई जानकारी नदिई त्रिशूली नदीमा पौडी खेल्न गएको र पौडिखेल्नेक्रममा नदीमा डुवेको हुन सक्ने आशंका गरिएको छ । शनिवार राती ८ बजे सम्म परिवारको सम्पर्कमा नआएपछि परिवार र छिमेकीले दुई बालकको खोजी शुरु गरेका थिए । आफन्त साथिभाइकोमा सम्पर्क गर्दा पनि केही सुचना नपाए पछि घाटबेसीका बासीन्दाले नदी तिर खोजी गर्दा शनिवार राती करिब १० बजेतिर नदी किनारमा उनिहरुले लगाएको चप्पल तथा टिसर्ट फेला परेपछी उनिहरु पौडी खेल्न नदीमा गएको र डुवेको शंका खोजी टोलीले गरेको थियो ।

रातीको समयमा गोताखोर टोलि आउन सम्भब नभए पछि शनिवार बिहान करिब १० बजेबाट स्थानीयको सहयोग लिएर सशस्त्र प्रहरी बल नेपाल बिपद ब्याबस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोर टोलिले खोजिकार्य गरेर सुवेदीको शव डुविरेहको अबस्थामा नदीबाट निकाले पनि रोइलको अबस्था भने अझै सम्म खुल्न नसकेको घाटवेसीका स्थानीय गौतम सुवेदीले वताउनु भयो ।

सुवेदीको शव पोस्टमार्टम पछि शनिवारनै दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा स्थानीयवासी, उनी पढेको बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु,आफन्तजनका साथै गजुरी गा पा अध्यक्ष गणेश लाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल वडा न ५ का वडा अध्यक्ष गोबिन्द लामिछाने , वडा न ६ का वडा अध्यक्ष भक्त ब लामा (कर्ण) लगायतले श्रद्धाञ्जली दिएको दृष्य निकै कारुणिक वन्न पुगेको थियो ।
युनिक कक्षा ९ को प्रथम बिद्यार्थी थिए । इमानदार, मेहनती तथा अनुशासित विद्यार्थी गुमाउनु पर्दा बिद्यालय परिवार नै निकै मर्माहित भएको बिद्यालयका प्रधानाध्यापक लाल बहदुर गदेलले बताउनु भयो । एक दिन अघि सम्म बिद्यालयमा हाँसखेल गरिरहेको बिद्यार्थी गुमाउनु पर्दा आफूहरु निकै मर्माहित भएको शिक्षक राजेन्द्र न्यौपाने, जनक आचार्य लगायतले बताउनु हुन्छ ।
सुवेदी संगै हराईरहेका रोइलाको खोजी कार्य भैरहेको छ ।
त्रिशूली नदीमा डुवेर हरेक बर्ष मानिसको अकालमा ज्यान जाने गरेको छ । बिशेष गरी गर्मि मौसममा नदीमा पौडी खेल्नेक्रममा धेरैले ज्यान गुमाउँदै आएका छन् ।