भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

100 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यहरू लगायतले स्वागत गरेका छन् ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गरेका थिए ।