राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

97 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल आज मङ्गलवार स्विट्जरल्यान्डको जेनेभा जानु हुने भएको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ आज साँझ जेनेभा जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते बुधवार स्वदेश फर्कने तालिका छ ।