सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको छ: मन्त्री शर्मा

77 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताउनुभएको छ ।

आज मंगलवार काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताउनुभयो । उहाँले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको बताउनुभयो ।

मन्त्री शर्माले विगतका नीति, नियम, कानून समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताउनु भयो ।