फिफा विश्वकप: नेपाल र यमनबीच प्रतिष्पर्धा हुँदै

418 पटक पढिएको

२९ जेष्ठ २०८१, मंगलवार १६:४३ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । यही रङ्गशालामा यसअघि भएको खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो ।