राष्ट्रियसभाबाट सुरक्षित कारोबार विधेयक पारित

80 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रियसभा बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ ।

आज मंगलबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि भएको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमाथि आएका संशोधनका आधारमा परिमार्जनसहित पेस गरिएको बताउनु भएको थियो ।

बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको थियो ।