राजनीतिक स्थीरता र भ्रष्टाचारमुक्त देश नबनाएसम्म विकास हुन सक्दैँन: डा. बाबुराम भट्टराई

413 पटक पढिएको

३० जेष्ठ २०८१, बुधबार २०:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अबको केही वर्षभित्रै वैकल्पिक शक्तिले नै देशको नेतृत्व गर्ने बताउनु भएको छ।

पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनु भएको हो ।

डा. भट्टराईले राजनीतिक स्थीरता र भ्रष्टाचारमुक्त देश नबनाएसम्म विकास हुन नसक्ने बताउँदै पुराना दलका नेताहरू धृतराष्ट बनिसकेको भन्दै उनीहरूको बाहुपासमा नफस्न नयाँ दलका नेताहरूलाई सुझाव दिनुभयो ।

अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरुप लगायतका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताउनुभयो ।