चितवनको फिस्लिङमा बस र कार ठोक्किंदा बस त्रिशूलीमा खस्यो, १७ जना घाईते

121 पटक पढिएको

सम्पादक: Dhading News

चितवन जेष्ठ ३२, । शुक्रवार  विहान चितवनको फिस्लिङ्गमा कार र बस ठोक्किएर दुर्घटना भएको छ ।चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने फिस्लिङ नजिकैबाट कारलाई ठक्कर दिएर बस त्रिशूली नदीमा खस्दा १७ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१-०२९ च ३७२० नम्बरको कार नेपालगन्जबाट काठमाडौ जाँदै गरेको भे १ ख ४०६२ रात्री बसमा  ठोक्किएपछि बस त्रिशूली नदीमा खसेको प्रत्यक्षदर्शीले वताए ।

घाईतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयहरुले दुर्घटना स्थल पुगेर घाइतेहरुको उद्धार गरेका थिए ।