सुनको मूल्य आज तोलामा एक लाख ४१ हजार २०० कायम

62 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेवाबी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।