प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन: गगन थापा

103 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउनुभएको छ ।

आज शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताउनुभएको हो । प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उहाँको भनाई छ ।

उहाँले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताउनुभयो । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उहाँले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाउनुभएको बताउनुभयो ।