रास्वपासँग आम नागरिकको ठूलो आश छ: रवि लामिछाने

106 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताउनुभएको छ ।

पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

लामिछानेले रास्वपासँग आम नागरिकको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गर्नुभयो । उहाँले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताउनुभयो । लामिछानेले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको जिकिर गर्नुभयो ।