कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोड रुपैयाँको बजेट

87 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । कोशी प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष २०८/र८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालू आर्थिक वर्षकोभन्दा एक अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गर्नुभएको छ ।

कोशी प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

कोशीले कृषिमा दिँदै आएको अनुदानलाई अब निरुत्साहित गरेर कृषि ऋिणको व्याजमा सहुलियत दिने, घरेलु रक्सीको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने लगायतका कार्यक्रम बजेटमा उल्लेख गरेको छ ।