सरकार परिवर्तनको हल्लामा सत्यता छैन: प्रधानमन्त्री

108 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले सरकार राम्रैसँग अगाडि बढ्ने बताउनुभयो ।

पत्राकारहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने हल्लाहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जानेछ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै छ । नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसँग प्रतिनिधि सभावाट पारित हुनेछ ।’

साथै प्रधानमन्त्री दाहालले अहिले आइजिपी पनि परिवर्तन नहुने बताउनुभयो । ‘मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपीहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाइँहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’ उहाँले भन्नुभयो ।