धादिङको पाँच गाउँपालिकामा बजेट ल्याउन बाँकी

209 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । स्थानीय तहले असार १० गतेभित्र गाउँ÷नगरसभा मार्फत आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि धादिङको जिल्लाको पाँच वटा गाउँपालिकाले अझै सम्म वजेट पेश गर्न सकेका छैनन् । ति मध्ये  सिद्धलेक गाउँपालिकाले गाउँसभाको आयोजना समेत गर्न सकेको छैन ।

गाउँ सभा सम्पन्न गरेका धादिङका चार वटा गाउँपालिकाले अझै सम्म बजेट ल्याउन बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विद्युतीय प्रणालीमा देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको बिबरण अनुसार जिल्लाको खनियाबास, गजुरी, वेनिघाटरोराङ र रुवीभ्याली गाउँपालिकाले अझै सम्म मन्त्रालयको विद्युतीय प्रणालीमा वजेटको बिबरण पेश गर्न सकेका छैनन् ।