रुविभ्यालीको रापाग्रोबे गाउँमा पहिरो, २२ घर जोखिममा (भिडियो सहित)

428 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२४ असार । धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ को रापागोब्रे गाउँमा निरन्तर पहिरो खस्दा २२ घर जोखिममा परेको छ । ति मध्ये ५ घर  अति जोखिममा परेका छन ।

दुई दिन अघिको अविरल बर्षा पछि बस्ती भन्दा माथिको पहाडबाट निरन्तर पहिरो खस्नेक्रम जारी रहेकाले जोखिममा परेका घर परिवारलाई तत्काल अन्यत्र व्यवस्थापन गर्न नसके जुनसुकै बेला ठूलो क्षती हुन सक्ने अवस्था रहेको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रशान्त तामाङले धादिङ न्यूजलाई वताउनु भयो ।
पहिरो खसिरहेको हुंदा बस्तीका वासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको पनि वडा अध्यक्ष तामाङले वताउनु भयो ।