थोपलखोलामा पौडी खेल्दा सिम्खडाको ज्यान गयो

601 पटक पढिएको

२६ असार २०८१, मंगलवार ०६:०४ सम्पादक: धादिङ न्यूज

धादिङ । एक साता पछि बैदेशिक रोजगारीका लागि कुवेत जाने अन्तिम तयारीमा रहेका एक युवकको  सदरमुकाम धादिङबेसी स्थित थोपलखोलामा डुवेर अकालमा ज्यान गएको छ ।

धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–३ घर भई हाल नीलकण्ठ–१२ स्थित सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको सोमबार थोपलखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई तत्काल उद्धार गरि धादिङ अस्पताल लर्गिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको मिश्रले बताउनुभयो ।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

थोपल खोलामा पौडी खेल्ने क्रममा हरेक बर्ष मानिसको ज्यान गएपनि सावधानी अपनाउन नसक्दा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।