छोरी बलात्कारको आरोपमा बाबु र हाडनाता करणीमा १६ बर्षका किशोर पक्राउ

272 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेशी,२५ असार । धादिङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई दिनको फरकमा बलात्कारको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।  गजुरीबाट आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु र नीलकण्ठ १० बाट २६ बर्षकी महिलालाई बलात्कार गरेको आरोपमा १६ बर्षको किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो १६ बर्षिया छोरीलाई पटक पटक बलत्कार गरेको आरोपमा धादिङको गजुरीबाट एक जना पक्राउ परेका छन् ।प्रहरीले असार १६ गते निज बिरुद्ध मुद्दा दर्ता गरि आरोपितलाई खोजि गरेको थियो । पीडितको जिल्ला अस्पतालमा गरेको स्वास्थ्य परिक्षणले १९ हप्ताको गर्भ रहेको स्वास्थ्य परिक्षणबाट जानकारी भएको थियो ।

जिल्ला अदालतको आदेशले पीडितको स्वास्थ्य परिक्षण र उपचार प्रसुति गृह काठमाण्डौमा असार १७ गतेदेखि २२ गतेसम्म भएको थियो । अदालतको स्वकृति पछि पीडितको गर्भपतन प्रसुति गृह काठमाडौंमा गरिएको छ ।

अदालतको अनुमतिबाट आरोपितलाई पक्राउ गरिे निजलाई प्रहरीले हिरासतमा राखेको छ । पीडित अस्पतालको उपचारपछि आमासंग आफ्नो घर पुगेकोमा आफन्त र परिवारका अन्य सदस्यले उल्छै गाली गलौज गर्नुका साथै धम्की दिएका कारण घरमा बस्न नसकी असार २३ गतेदेखि सुरक्षित आवास गृहमा राखिएको छ । पिडित बालिकाको एकिकृत संकट व्यवस्थापन प्रणालीबाट उपचार लगायतका न्यायिक सहयोग भइरहेको बताईएको छ ।

यसै गरी  धादिङमै १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

बलात्कार गरेको आरोप लागेका किशोरलाई आईतबार नीलकण्ठ नगरपालिका–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै १३ बर्षीया बालिकाले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपित किशोर पक्राउ गरिएको मिश्रले जानकारी दिनु भयो ।

आरोपित किशोरलाई हाडनाता जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।