सलाङघाटमा पहिरो खस्दा पृथ्वीराजमार्ग ठप्प

102 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २८ असार । धादिङको सलाङघाट स्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा सवारी आवागमन रोकिन पुगेको छ ।

अविरल बर्षाको कारण सलाङघाटमा विहान २.४५ वजे तिर राजमार्गनै अबरुद्ध हुने गरी पहिरो खसेको हो । प्रत्यक्षदर्शी स्थानीय सोनिज जंग कार्कीका अनुसार ठूलो आवाज सहित पहिरो खसेको थियो । काठमाण्डौंबाट आफ्नै सवारीमा वेनिघाट स्थित घर आउँदै गरेका कार्की पहिरो खस्दा सोही ठाउँमा पुगेका थिए । आँखा अगाडी पहिरो खस्दै गरेको देखेपछि  आंफु त्यहाँबाट हतार हतार फर्किएर शितलवजार स्थित  पम्पमा गएर  बसेको कार्कीले वताए ।