सलाङघाट स्थित पृथ्वीराजमार्गको पहिरो पन्छाउने काम शुरु

445 पटक पढिएको

२९ असार २०८१, शुक्रबार ०६:५८ सम्पादक: धादिङ न्यूज

धादिङ,२८ असार । पहिरोको कारण राती देखि अबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मलेखु मुग्लिन खण्डको सलाङघाट स्थित पृथ्वीराजमार्गको पहिरो पन्छाउने काम शुरु भएको छ । राती २।४५ वजे तिर रुख सहितको पहिरो खस्दा पृथ्वीराजमार्गको सलाङघाटमा सवारी आवागमन रोकिन पुगेको थियो ।

अविरल बर्षाका कारण सडकमा पहिरो खसेर आवागमन रोकिएपछि पहिरो पन्छाउन स्थानीयवासी, नेपाल प्रहरी, गाउँपालिका तथा सडक विभागका टोली घटनास्थल पुगेर पहिरो पन्छाउने काम गरिरहेको स्थानीय सोनिज जंग कार्कीले धादिङ न्यूजलाई जानकारी दिए ।